दफा २५
पीडित प्रभाव प्रतिवेदन पेश गर्न सक्ने
(१) पीडितले चाहेमा कसूरको कारणले आफूलाईप्रत्यक्ष रुपमा परेको क्षति वा प्रभावको उल्लेख गरी कसूरको अभियोगपत्र अदालतमादायर हुनुभन्दा अगावै अभियोजन गर्ने अधिकारी समक्ष तोकिएका विवरण खुलाई तोकिएबमोजिमको ढाँचामा पीडित प्रभाव प्रतिवेदन पेश गर्न सक्नेछ ।
(२) पीडित नाबालिग वा कानूनी रुपमा संरक्षकत्व चाहिने व्यक्ति भएको वा अन्यकुनै मनासिब कारणबाट उपदफा (१) बमोजिमको प्रतिवेदन पीडित आफैले पेश गर्ननसक्ने भएमा निजको अभिभावक, संरक्षक वा कानून बमोजिमको प्रतिनिधिले पीडितकोतर्फबाट त्यस्तो प्रतिवेदन पेश गरिदिन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पीडितको काबूबाहिरको परिस्थिति परी अदालतमा अभियोगपत्र दायर हुनु अगावै पीडित प्रभाव प्रतिवेदनपेश गर्न नसकेमा त्यस्तो परिस्थिति परेको प्रमाण संलग्न गरी अभियोगपत्र अदालतमादायर भएको मितिले एक महिनाभित्र अभियोगपत्र दायर गर्ने अधिकारी समक्ष त्यस्तोप्रतिवेदन पेश गर्न बाधा पर्ने छैन ।
(४) पीडितले उपदफा (१) वा (२) बमोजिमको पीडित प्रभाव प्रतिवेदन गोप्यराख्न चाहेमा गोप्य राख चाहेको व्यहोरा र सोको कारण समेत प्रतिवेदनमा खुलाउनुपर्नेछ ।
(५) उपदफा (१) बमोजिम पेश हुन आएको पीडित प्रभाव प्रतिवेदन अभियोगपत्रसाथ र उपदफा (३) बमोजिम पेश हुन:आएको पीडित प्रभाव प्रतिवेदन प्राप्त भएको तीनदिनभित्र अभियोजन गर्ने अधिकारीले सम्बन्धित अदालत समक्ष पेश गर्नु पर्नेछ ।